राजनीति

प्रचण्डदेखि होसियार रहन काँग्रेसलाई ओलकिो सुझाव


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होशियार रहन नेपाली काँग्रेसलाई आग्रह गर्नु भएको छ । अध्यक्ष ओलीले प्रचण्ड काँग्रेसलाई बिगार्न पछि लागेको भन्दै होसिएर रहन आग्रह गर्नु भएको हो ।

बुधबार काठमाडौंमा पार्टी निकट युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले गठन गरेको र्साइबर सर्कल घोषणा कार्यक्रममा बोल्दै उहाँले प्रचण्डले काँग्रेसलाई बिगार्न समातेको दावी समेत गर्नु भयो । उहाँले आफूहरुलाई बिगार्ने प्रयास असफल भएपछि प्रचण्ड काँग्रेसको पछि लागेको समेत आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले काँग्रेसको पुच्छर बनेका प्रचण्ड र माधव नेपालबाट देश बन्छ भन्ने कल्पना नगर्न समेत पटकपटक आग्रह गर्नु भयो । उहाँले सर्वोच्च अदालतमा भईरहेका गतिविधिको मुख्य दोषी पनि सत्तारुढ गठबन्धन भएको आरोप लगाउनु भयो ।