समाचार

तेन्दार लुङगार छोलिङ गुम्बाबाट एक बालक वेपत्ता


काठमाडौँ — ईलाम जिल्ला कालापोखरी–४ का १६ वर्षीय लाक्पा टोपगेल शेर्पा (छिरिङ) कार्तिक ३० गते हराइरहेका छन् ।

उनी काठमाडौँको गोकर्णेश्वार नगरपालिका — २ नयाँपार्टी वीपी चोकमा रहेको तेन्दार लुङगार छोलिङ गुम्बामा अध्ययनरत् शेर्पा गुम्बाबाट हराएका थिए । तर, छिरिङ अहिलेसम्म घर फिर्ता नआएको दिदी तेन्जी वोङमु शेर्पा बताउछिन् ।

गुम्बामा बसेका छिरिङ कार्तिक ३० गतेदेखि हराएको र शिक्षिकाले ‘तपाईंको छोरा त करीब सात—आठ दिन पहिले नै निस्किएको हो’ भन्दै जवाफ दिएको बालकका दिदी किन्जी वोङमु शेर्पाले बताइन् ।

प्रहरीले भने हराइएका बालकको खोजी कार्य भइरहेको बताएको छ । बालकलाई कतै देखेमा प्रहरीलार्ई जानकारी गरिदिन परिवारले अनुरोध गरेको छ ।