समाचार

मध्यरातमा मन्त्रीको छड्के : विदेश जाने युवालाई बन्दक बनाएर पैसा असुल्ने एजेण्टसम्म यसरी पुगे (भिडियोसहित)


काठमाडौँ — बैदेशिक रोजगारीमा जान चाहनेहरुले एजेण्टबाट विभिन्न समस्या भोग्दै आएका छन् । एजेन्टले बैदेशिक रोजगारीमा जाने युवालाई होटलमा बन्धक बनाउने र रकम असुल्ने घटना पनि वेलावखत सुन्ने गरिन्छ । यस्ता घटनाको जानकारी पाए पनि सम्वन्धीत निकाय बेखवर हुने गरेका छन । तर, विभागिय मन्त्रीले नै चासो देखाउँदा हालै बैदेशिक रोजगारीमा जान लागेका युवाहरु एजेण्टहरुको ठगिबाट जोगिएका छन् ।

भाषा परीक्षा उत्र्तीर्ण गरी कोरिया जाने क्रममा रहेका युवाहरुलाई एजेण्टले अबैध ढंगले रकम असुल्न खोजेको सुचना पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ एक्सनमा उत्रीए । विभागिय मन्त्रीले चासो देखाउँदा बैदेशिक रोजगारीमा जान लागेका युवाहरु एजेण्टहरुको ठगिबाट जोगिए ।

बैदेशिक रोजगारीमा जान चाहनेहरुले एजेण्टबाट भोग्नुपरेका समस्याका बारेमा संञ्चारमाध्यममा समाचार आउने गरे पनि त्यसबारे मन्त्री स्वयम्ले चासो देखाउने गरेका थिएनन् । तर मन्त्री श्रेष्ठ भने कोरिया पठाउदै आएका एजेन्टले बन्धक जसरी राखेका युवालाई भेट्न आफै होटल पुगेका थिए । मंगलबार राती मन्त्रीको मोबाईलमा आएको सुचनाका आधारमा उनी सुरक्षाकर्मी, श्रम विभागका अधिकारी सहित युवाहरु राखिएको होटल बाल्टिक इन सिनामंगल पुगेका थिए ।

बुधवार साँझ कोरिया उड्न लागेका दजनौँ युवाहरुलाई अनिवार्य सातदिन क्वारेन्टीन बस्नुपर्ने भन्दै संयुक्त संघर्ष समितिको नामबाट एक युवाको सिफारिसमा एयरपोर्टस्थित होटल बाल्टिक इनमा जर्बजस्त राखिएको थियो । पीडीत युवाहरुले आफुहरुलाई एजेण्टले विभिन्न बहानामा पैसा असुल्न खोजेको गुनासो मन्त्रीसंग गरेका थिए । पीडीतहरुको गुनासो सुनेपछि मन्त्री श्रेष्ठले होटलमा बन्धक बनाउने काममा संलग्नलाई कारवाही गर्न निर्देशन पनि दिएका छन ।

पीडित युवा शंकर नेपालले होटल सञ्चालकले जर्बजस्ती बढी पैसा असुलेपछि मन्त्रीसम्म सुचना पु¥याएको उल्लेख गर्दै सामान्य नागरिकले दिएको सानो सुचनाको आधारमा मन्त्री आफै आएर समस्या सल्ट्याइदिएकोमा खुशी व्यक्त गरे ।

उनले सरकारी संयन्त्रमा भएका सबै मन्त्रीले कर्तव्य निर्वाह गरे नागरिकले दुःख, कष्ट भोग्नु नपर्ने भन्दै मन्त्री श्रेष्ठलाई धन्यवाद समेत दिए । भाषा परीक्षा पास गरेका युवाहरु यहि साता कोरिया प्रस्थान गर्दैछन् ।