काठमाडौँ – बुधवार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से १ दशमलव ८९ अंकले बढेर २ हजार ७३५ विन्दुमा पुगेर बन्द भएको छ । सेयर कारोबारको अघिल्लो दिन अर्थात् मंगलबार ३२ दशमलव ३१ अंकले घटेको नेप्से परिसूचक बुधबार सामान्य अंकले बढेको हो । आज कारोबार रकम पनि बढेको छ ।
यसदिन २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता सेयर ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३७ रुपैयाँमा कारोबार भएको छ । यसदिन कारोबारमा आएका १३ समूहमध्ये ३ बाहेक अरुको सेयर मूल्य बढेको छ । बैंकिङ, ट्रेडिङ र लाइफ इन्स्युरेन्सको सेयर मूल्य घटेको छ । यस्तै आज फाइनान्स समूहको सेयर मूल्य सर्वाधिक १ दशमलव ४१ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया