राजनीति

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


काठमाडौँ — पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आन्दोलनरत ६ विद्यार्थी संगठनले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।

बुधबार प्रधानमन्त्रीलाई भेटेर उनीहरुले ज्ञापन बुझाएका हुन् । त्यसक्रममा विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा अत्यधिक कर लगाइएको भन्दै कर घटाएर मूल्य घटाउन माग गरेका थिए । जवाफमा प्रधानमन्त्रीले त्यसबारे बुझेर आवश्यक निर्णय लिने बताएको अखिल ९छैठौं० का अध्यक्ष देवेन्द्र कुँवरले जानकारी दिए ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, वैद्य निकट अखिल क्रान्तिकारी, अखिल ९छैठौं० र विप्लव निकट अखिल क्रान्तिकारीले संयुक्त आन्दोलन गरिरहेका छन् ।

यसअघि विद्यार्थी संगठनहरुले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी दलका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महरा, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई ज्ञापन पत्र बुझाइसकेका छन् ।