राजनीति

प्रधानन्यायाधीश बाहेकका न्यायाधीशहरू फुलकोर्टको मिति तोक्ने तयारीमा


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेकका न्यायाधीशहरूले पूर्ण बैठकको मिति तोक्ने तयारी गरेका छन् । छलफल गरेर पूर्ण बैठकको मिति तोक्ने तयारी गरेको एक न्यायाधीशले जानकारी दिए ।
फुलकोर्टले गोलाप्रथाबाट पेशी कहिलेबाट तोक्ने भन्ने निर्णय गर्नेछ । यसैबीच, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि दुई एकल र ८ आठ संयुक्तसहित १० इजलास तोक्नुभएको छ । १० इजलासमा दुई सय २६ मुद्दाको पेशी तोकिएको छ । प्रधानन्यायाधीश जबराले आफ्नो लागि भने आज पनि इजलास तोक्नुभएको छैन् ।