समाचार

युरोपमा मार्चसम्म कोभिडबाट थप ७ लाख मानिसको मृत्यु हुने डब्ल्यूएचओको चेतावनी


काठमाडौँ – विश्व स्वास्थ्य संगठनले आगामी मार्चसम्म युरोपमा कोभिड संक्रमणका कारण थप सात लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । मार्चसम्ममा ४९ मुलुकका अति सघन उपचार कक्षमा उच्च भार हुने डब्ल्यूएचओले बताएको छ ।
युरोपमा कोभिड–१९ मृत्युको प्रमुख कारक बन्न पुगेको डब्ल्यूएचओले बताएको छ । पछिल्ला दिन कोभिडबाट मृत्यु हुनेको दैनिक संख्या दोब्बरले बढेर झण्डै ४२ सय पुगेको छ । खोप नलगाउने मानिसको संख्या धेरै भएको र केही मुलुकमा डेल्टा भेरियन्ट व्याप्त रहेकाले युरोपमा संक्रमण दर उच्च हुन पुगेको बीबीसीले जनाएको छ ।