राजनीति

जसपाले कार्यकारिणी समिति विस्तार गर्दै


काठमाडौँ – जनता समाजवादी पार्टीले कार्यकारिणी समिति विस्तार गर्ने भएको छ । जसपाको कार्यकारिणी समिति ३५ सदस्यीय रहेकामा बढाएर ५३ सदस्यीय बनाउन लागिएको हो ।

जसपाले १८ जना थपेर ५३ सदस्यीय कार्यकारिणी समिति सदस्य बनाउने गृहकार्य थालेको छ । मंसिर ५ गतेदेखि चलिरहेको कार्यकारिणी समितिको बैठकमा त्यस बारेमा छलफल सुरु भएको छ । जसपाले कार्यकारिणी समिति विस्तार गर्दा १८ जनामध्ये १३ जना महिला राख्नुपर्ने हुन्छ । संविधान अनुसार ३३ प्रतिशत महिला अनिवार्य राख्नुपर्ने भएकाले १३ जना अनिवार्य रुपमा महिला समावेश गर्नुपर्ने बाध्यतामा जसपा रहेको एक नेताले बताए ।