देश

शिक्षक र कर्मचारीलाई दलको सदस्यता नदिन आयोगको निर्देशन


काठमाडौँ – निर्वाचन आयोगले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिन दलहरुलाई निर्देशन दिएको छ । आयोगले शिक्षक र कर्मचारीले दलको जिम्मेवारी लिएको पाइएमा जिम्मेवारीबाट हटाउन मातहतका निर्वाचन कार्यालयलाई निर्देशन पनि दिएको छ ।

राजनीतिक दलका महाधिवेशनमा सरकारी कर्मचारी र शिक्षक निर्वाचित भएको र उम्मेदवार बनेको भन्ने समाचार सार्वजनिक भएकोप्रति ध्यानाकर्षण गर्दै आयोगले त्यस्ता क्रियाकलाप रोक्न भनेको हो । आयोगले प्रेस विज्ञप्ति जारी गर्दै निर्देशन उल्लंघन गरी सदस्यता वितरण र पदाधिकारी चयन गरिएको पाइएमा सम्बन्धित दलका त्यस्ता पदाधिकारीहरूको विवरण आयोगबाट अद्यावधिक नहुने पनि स्पष्ट पारेको छ ।