राजनीति

प्रमुख प्रतिपक्षी दल एमालेले महाधिवेशन प्रतिनिधिको संख्या बढायो


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले महाधिवेशन प्रतिनिधिको संख्या बढाएको छ । प्रतिनिधि दुई हजारमा सीमित गर्ने तय गरेपनि पार्टी सदस्य संख्या बढेपछि प्रतिनिधि संख्या दुई हजार दुई सय ७९ पु¥याइएको नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।

पदेन दुई सय ३८, अहिलेसम्म निर्वाचित १८ सय ८९ जना, निर्वाचित हुन बाँकी ६८ जना र पाँच प्रतिशत मनोनित प्रतिनिधि हुने छन् । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमाले महाधिवेशनले १५ जना पदाधिकारी र २२५ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ ।

यस्तै, अनुशासन आयोगका अध्यक्षसहित १५ र लेखा आयोगका अध्यक्षसहित १५ जना पनि निर्वाचित गर्नेछ । महाधिवेशनको बन्दसत्र सञ्चालनको निम्ति ११ सदस्यीय अध्यक्षमण्डल पनि एमालेले गठन गरेको छ ।