समाचार

विद्यार्थी संगठनको नयाँ स्वरुपको आन्दोलन, एक रुपैयाँ संङ्कलन गरि निगमलाई बुझाउने (भिडियोसहित)


काठमाडौँ — पटक–पटक आन्दोलन गर्दा पनि नेपाल आयल निगमले सुनाई नगरेको भन्दै संयुक्त विद्यार्थी संगठनले नयाँ स्वरुपको आन्दोलन गरेका छन् । विद्यार्थी संगठनहरु आयल निमगको लागि १ रुपैयाँ संकलनमा जुटेका हुन् ।

पटक–पटक आन्दोलन चर्किदा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्न सकेको छैन । विद्यार्थीहरुले भने अझै आन्दोलन गर्न भने छाडेका छैनन् । सरकार नेपाली जनताप्रति जवाफदेही नभएको आरोप लगाउँदै विद्यार्थी संगठनहरुले मंगलबार नयाँ स्वरुपको आन्दोलन गरेको छन् । उनीहरुले प्रत्येक व्यक्तिबाट एक रुपैयाँ संकलन गरेर निगमलाई बुझाउने तयारी गरेका छन् ।

नेपाल आयल निगमले कर्मचारीलाई भत्ता दिनेबेला घाटामा नजाने र अहिले मूल्य वृद्धि गर्नेबेलामा घाटामा गएको भनेर नाटक मन्चन गरेको विदार्थीहरुको तर्क छ । आयल निगमलाई घाटा भएको भन्दै संकेतिक विरोधस्वरुप एक रुपैयाँ संकलन गरेर बुझाउन लागिएको उनीहरुले बताए । यति गर्दा पनि सरकार र निगमले मूल्यवृद्धि फिर्ता नलिए अर्को आन्दोलन चर्काउने चेतावानी विद्यार्थी नेताहरुले दिएका छन् ।

पछिलो पटक डिजेल, पेट्रोल र मट्टीतेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ भने खाना पकाउने ग्यासको मूल्यमा प्रतिसिलिन्डर ७५ रुपैयाँ वृद्धि गरिएको छ । यता नेपाल आयल निगम भने आफुहरुले चाहेर मुल्य बृद्धि नगरेको बताउछ ।

निगमले अझै पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने संकेत गरेको छ । जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मूल्यवृद्धि गर्दै आफ्ना निकाय र भ्रष्ट कर्मचारीको मनोमानीलाई लुकाउन सरकारले नै सहयोग गरेको विद्याथीहरुको आरोप छ ।