राजनीति

अध्यक्षमा उठ्ने वा नउठ्ने निर्णय गरेको छैन : ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा आफू अध्यक्षमा उठ्ने वा नउठ्ने निर्णय गरिनसकेको बताएका छन् । मंगलबार सम्पादकहरुसँगको अन्तर्क्रियामा ओलीले आफूलाई चुनौती दिनेलाई सम्मान र स्वागत गर्ने बताए ।

एमालेको अध्यक्षको रुपमा ओली नै दोहोरिने निश्चित प्राय भएको बेलामा उनले आफ्नो उम्मेदवारी टुंगो नभएको बताएका हन् । ुमैले अध्यक्षमा उठ्ने वा नउठ्ने कुनै निर्णय गरेको छैन । उठ्ने भएँ भने अध्यक्षमा अरुलाई नउठ्न भन्दिनँ, उनले भने ।

अध्यक्षमा यसअघि नै भीम रावलले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्। तर, त्यसलाई चुनौतीको उनले चर्चा गरेनन् । ‘रावलजीले मलाई चुनौती दिनुभएको होइन । उहाँले मप्रति आदर सम्मान नै गर्नुभएको छ । तपाईंलाई थकाइ लाग्यो होला, म उठ्छु भन्नुभएको छु, उनले भने ।

नेकपा एमाले लोकतान्त्रिक पार्टी भएकाले उम्मेदवारीको सन्दर्भमा कुनै प्रकारको जोरजुलुम वा दबाब नहुने उनको भनाइ थियो । ओलीले आफूले नउठ्न आग्रह गर्दा दबाब दिएको हुनसक्ने भएकाले आफूले त्यस खालको दबाब वा अभिव्यक्ति नदिने बताए ।