राजनीति

एमाले स्थायी कमिटी बैठक साढे तीन बजे बस्ने गरी स्थगित


काठमाडौँ — नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो साढे तीन बजे बस्ने गरी स्थगित भएको छ ।

अध्यक्ष केपी शर्मा ओली बानेश्वरमा सञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट कार्यक्रममा जाने भएपछि बैठक स्थगित भएको छ ।

मंगलबार साढे ११ बजे बसेको बैठक केहीबेरमै स्थगित भएको थियो । १० औं महाधिवेशनको तयारीबारे रिपोर्टिङ सकिएपछि बैठक स्थगित भएको छ । महाधिवेशनको तयारीबारे मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले रिपोर्टिङ गरेका थिए ।