राजनीति

दशौं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दिने नेता नेम्वाङको तयारी



काठमाडौँ – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा नेता सुवास नेम्वाङले दशौं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने हुनुभएको हो ।

नेम्वाङले सर्वसम्मत रुपमा नेतृत्व चयन नभए उक्त पदमा उम्मदवारी दिने तयारी गर्नुभएको हो । केही दिन अगाडी मात्र उपाध्यक्ष भीम रावलले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्नुभएको थियो ।

महासचिव ईश्वर पोखरेलले बरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेको बेला नेम्वाङले पनि उम्मेदवारीको तयारी गर्नुभएको हो।