राजनीति

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी



काठमाडौँ – नेकपा (एमाले)को स्थायी कमिटी बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमामा बैठक बसेको हो ।

बैठकमा दशौँ राष्ट्रिय महाधिवेशको विषयमा छलफल हुनेछ । बैठकले महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार ५ प्रतिशत मनोनीत हुनेछन् ।

आजको बैठक स्थायी कमिटीको अन्तिम बैठक भएको बताइएको छ । त्यस्तै, महाधिवेशनअघि मंसिर १० गते अन्तिम केन्द्रीय कमिटी बैठक चितवनमा हुने नेताहरुले बताएका छन् ।