राजनीति

सर्वोच्च अदालतमा आजका लागि तोकिए १० इजलास्


काठमाडौँ – सर्वोच्च अदालतमा आजका लागि १० इजलास तोकिएको छ । नौ संयुक्त र एउटा एकल इजलास तोकिएको छ । १० इजलासमा ५९२ मुद्दाको पेशी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ । प्रधानन्यायाधीशको लागि भने ईजलास तोकिएको छैन् ।


सबैखाले मुद्दामा पेसि तोकिएको छ । यसैबीच, आन्दोलनरत नेपाल बार एसोसिएसनले आज पनि विभिन्न दलका नेताहरूको ध्यानाकर्षण गर्ने भएको छ । पछिल्लो समय प्रधानन्यायाधीशको राजीनामा माग्दै बार आन्दोलनमा छ ।