राजनीति

काँग्रेस महामन्त्री खड्काद्वारा केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी पेश



काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत जिल्ला क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिनुभएको छ ।

महामन्त्री खड्काले मंगलबार काँग्रेस पार्टीको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि खुल्ला पुरूषतर्फबाट उम्मेदवारी दिनुभएको हो । काँग्रेस केन्द्रीय समितिमा रहेका पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने वैधानिक व्यवस्था भएपनि खड्काले आफ्ना क्षेत्रका करिब ९ सय प्रतिनिधिद्वारा अनुमोदित भएर जाने भन्दै उम्मेदवारी दिनुभएको हो ।

खड्का निर्वाचन क्षेत्र नम्बर एक कै वासिन्दा पनि हनुन्छ भने विगत लामो समयदेखि प्रतिनिधिसभामा यही क्षेत्रबाट निर्वाचन निर्वाचित हुँदै आउनुभएको छ । कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले भने महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छैन