विदेश

गुडिरहेको बसमा आगो लाग्दा बुल्गेरियामा ४५ जनाको मृत्यु



काठमाडौँ – बुल्गेरियामा गुडिरहेको एउटा बसमा आगो लाग्दा कम्तीमा ४५ जनाको मृत्यु भएको छ ।


आज बिहान २ बजेतिर पश्चिम बुल्गेरियाको स्ट्रुमा राजमार्गमा गुडिरहेको बसमा आगलागी भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएको छ । मृत्यु हुनेमा धेरैजसो आफ्ना नागरिक रहेको सोफियास्थित नर्थ मेसेडोनियाको राजदूतावासले जनाएको छ ।


नर्थ मेसेडोनिया बुल्गेरियाको छिमेकी मुलुक हो । उक्त बसमा नर्थ मेसेडोनियाका ५२ जना पर्यटकहरू थिए । बिबिसीका अनुसार उक्त बस टर्कीबाट नर्थ मेसेडोनिया जाँदै थियो ।