काठमाडौँ – आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज भुटानको सामना गर्दैछ ।
दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ । भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । भुटान भने लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।
पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो । छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।


प्रतिक्रिया