राजनीति

रूपन्देही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको सर्वसम्मत नेतृत्व चयन



काठमाडौँ– रूपन्देही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको सर्वसम्मत नेतृत्व चयन भएको छ । क्षेत्रीय सभापतिमा मुकेश यादव पुनः दोहोरिएका छन् ।


दुई प्यानल प्रतिस्पर्धामा उत्रिएकामा सोमबार राति भएको सहमतिअनुसार यादव क्षेत्रीय सभापति बनेका हुन् । यसअघि क्षेत्र नम्बर ५ मा पनि सर्वसम्मत नेतृत्व चयन भएको थियो । संस्थापन पक्ष र पौडेल पक्षबीच विवाद हुँदा मतगणना नै स्थगित गरिएको हो ।


रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ र २ मा भने मतदान भएको छ । क्षेत्र नम्बर १ मा हिरा केसी र विश्वनाथ यादव तथा क्षेत्र नम्बर २ मा हरि लम्साल र काजीमान श्रेष्ठबीच प्रतिस्पर्धा छ ।