काठमाडौँ – नेपाली कांग्रेसका मुख्यसचिव कृष्ण पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेका पौडेल पराजित भएका हुन्।
प्रसाद पौडेलले ८३ मत ल्याएका छन्। स्याङ्जाबाट क्रियाशील सदस्य रहेका पौडेलले यसपटक काठमाडौं ७ मा सारेका थिए। आमाको निधन भएकाले पौडेल अहिले काजक्रियामा छन्।
काठमाडौ ७ मा सोमबार भएको अधिवेशनमा आमन्त्रित केन्द्रीय सदस्य दयाराम पाण्डे पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। उनी सुनिल थापा सहित राप्रपा बाट कांग्रेस प्रवेश गरेका थिए। उनले ६० मत प्राप्त गरे।
प्रतिक्रिया