समाचार

महङ्गीको मारमा उपभोक्ता, सरकारको वेवास्ता


काठमाण्डौँ – पछिल्लो समय दैनिक भान्सामा प्रयोग हुने अतिआवश्यक पर्ने दैनिक उपभोग्य सम्पूर्ण खाद्य वस्तु लगायतका सरसमानको मूल्य छोइनसक्नुगरी महँगी बढेको छ ।

तरकारीको मूल्य देखिलिएर खानेतेल, दाल, चामल, तेल, खाना पकाउने ग्यासको मूल्य पनि दिन दुई गुना रात चार गुना बढेको छ । सधै ज्याला मजदुरी गरेर खाने बर्गको पछिल्लो समय चुलो बल्न छाडेको कतिपयको गुनासो छ । बजारमा तरकारी पनि पछिल्लो तीन महिना यताकै महंगो भएको छ । मौसमी तरकारी सकिएको अन्य तरकारी पनि बजारमा नआएको हुँदा तरकारीको भाउ आकासिएको हो ।

तीन महिनाअघि एक हजार ६ सय ७५ रुपैयाँ पर्ने २५ किलोको जिरामसिनो चामलको मूल्य बढेर अहिले एक हजार सात सय ५० रुपैयाँ पुगेको छ भने किलोको एक सय २५ रुपैयाँ रहेको मुसुरोको दाल एक सय ६० पुगेको छ । होलसेलको मूल्यमा पनि यति धेरै वृद्धि भएको बिक्रेताको भनाई छ ।

पहिले एक सय ३० रुपैयाँ लिटरको भटमासको तेल अहिले दुई सय ६०, सनफ्लावर तेल दुई सय ४० रुपैयाँबाट बढेर दुई सय ६० र तोरीको तेल दुई सय ३० बाट दुई सय ६० रुपैयाँ लिटर पुगेको छ ।