राजनीति

प्रमुख प्रतिपक्षी दल एमालेको स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । हिजो दिउँसो ३ बजे बोलाइएको बैठक आजका लागि सारिएको हो ।

तुल्सीलाल प्रतिष्ठानमा बस्ने बैठकमा महाधिवेशनको तयारी र पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनको निर्णय हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

एमालेको महाधिवेशनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ । स्थायी कमिटीले विभिन्न क्षेत्रबाट छुटेका व्यक्तिहरुको मनोनयनको निर्णय गर्दै अनुमोदनका लागि केन्द्रीय कमिटीमा सूची पेश गर्नेछ ।