समाचार

सिन्धुपाल्चोकको हेलम्बुमा गोठमा आगलागी हुँदा तीन बालकको मृत्यु


काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ ।

स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा सञ्चका छोरा ६ वर्षीय मनोज, सुकमान तामाङका पाँच वर्षीय छोरा मनिष र साइला तामाङका पाँच वर्षीय छोरा दिलबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ढुंगा, माटो र टिनले छाएको एकतले गोठमा मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । घरमा कोही नभएकाले आगलागी हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले बताएको छ ।