कोरोना विशेष

कोरोनाविरुद्वको खोपमा कडाई, उपत्यका भित्रिने ४ नाकामा खोप केन्द्र




काठमाडौँ – कोरोना भाइरस संक्रमण विस्ता हुन नदिन काठमाडौं भित्रिने ४ वटा नाकामा कोभिड–१९ विरुद्धको खोप केन्द्र स्थापना गरिएको छ ।

काठमाडौं महानगरको स्वास्थ्य विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा एक महिने खोप कार्यक्रम सञ्चालनमा ल्याएको हो । हिजोदेखिसुरु भएको कार्यक्रम पुस ५ गतेसम्म चल्नेछ ।

बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गर्ने १८ वर्ष उमेर पूरा भएका नागरिकलाई उमेर खुलेको प्रमाण कागजका आधारमा खोप दिइनेछ ।अब महानगरका सवै ३२ वटै वडाहरुबाट मंसिर ७ र ८ गते कोभिड–१९ विरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।


नेपालमा केही सातायताको तथ्यांक केलाउँदा कोरोनाभाइरसको संक्रमण घट्दै गइरहेको देखिन्छ । साउन महिनाको पहिलो साता २० प्रतिशतभन्दा माथि रहेको परीक्षणका आधारमा संक्रमणको प्रतिशत ९पीपीआर०को ७ दिने औसत मंसिरको १ गते झरेर ३।४० मा पुगेको छ । जुन निरन्तर घटिरहेकै छ ।

एकातर्फ संक्रमण हुनेको संख्यामा कमि आइरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरसविरुद्ध खोप लगाउनेको संख्या पनि बढेको छ । सरकारले खोप लगाउन मिल्ने जनसंख्या भनेर तय गरेको संख्याको २५ प्रतिशतभन्दा बढीले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने ३० प्रतिशतले एक मात्रा लगाएका छन् । कुल १ करोड ६९ लाख ८३ हजार ३ सय ६९ डोज खोप लगाइसकिएको छ ।