राजनीति

रामदेवको टेलिभिजन गैह्रकानुनी, प्रधानमन्त्री देउवालाई बनाए बुख्याचा (भिडियोसहित)


काठमाडौँ – विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार सञ्चारमाध्यममा वैदेशिक लगानी वर्जित छ । तर भारतीय बहुराष्ट्रिय कम्पनी पतञ्जलिद्धारा सञ्चालन गर्न लागेको आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ टेलिभिजनको प्रधानमन्त्री शेर बहादुर देउवा उद्घाटनगर्न भ्याए । दर्ता नै नभएको,कानुनले वर्जित टेलिभिजनको उ्द्धघाटन प्रधानमन्त्रीले गरेको भन्दै सर्वत्र आलोचना भईरहेको छ ।

गत शुक्रबार राजधानीको मन्डिखाटारमा योगगुरु रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टेलिभिजन र आस्था नेपाल टेलिभिजन सेटेलाइटबाट प्रशारण गर्ने गरी शुभसाइत पारेर प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्धघाटन गरे । उद्धघाटन समारोहमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित विभिन्न दलका शीर्ष नेताहरुसहभागी थिए ।
भारतीय बहुराष्ट्रिय कम्पनी पतञ्जलिको नेपालस्थित कार्यलयले सञ्चालन गर्न लागेको यी दुवै टेलिभिजन दर्ता भने भएको छैन ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार नेपालको सञ्चार क्षेत्रमा वैदेशिक लगानी गर्न नपाउने व्यवस्था छ । जसअनुसार पतञ्जली योगपीठ नेपालले नेपालमा टेलिभिजन खोल्न पाउँदैन । तर प्रधानमन्त्री देउवाले कानुनको ख्याल नै नगरी टेलिभिजन उद्धघाटन गरे । टेलिभिजनको उद्धघाटनसँगै प्रधानमन्त्री देउवा यत्तिवेला आलोचनाको शिकार बनेका छन् । नेपालमा सत्तामा पुगेका मान्छेले उचित सर–सल्लाह नगरी तथा कानुनको हेक्का नगरी अनियमितता र अव्यस्थित कार्य गरेको कतिपयको बुझाई छ । पतञ्जलीको उत्पादनमा जनगुनासो बढेका बेला प्रधानमन्त्रीलाई बुख्याचा बनाएको बताउँछन वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी । भारतीय थिचोमिचो कति छ भन्ने उदाहरण समेत यो प्रकरणबाट उदाङ्गो भएको उनको बुझाइ छ ।

यता पतञ्जलीले विरोधको खण्डन गर्दै शुभ–साइतमा शुभारम्भ मात्र गरेको रनेपालको नियम, कानुन र प्रक्रिया पु¥याएर नै प्रसारण सुरु गर्ने बताउछ । टेलिभिजन सञ्चालन पनि नाफाको लागि नभइ समाजसेवाकै निरन्तरता भएको उसले उल्लेख गरेको छ । यता सूचना तथा प्रशारण विभागले भने टेलिभिजन दर्ता प्रक्रियाबारे विवाद आएपछि समिति नै गठन गरेर अध्ययन सुरु गरिएको जनाएको छ ।