राजनीति

प्रधानन्यायाधीश जबराले अदालत छोडेर जानुपर्छ : लक्ष्मणलाल कर्ण


काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालत छोडेर जानुपर्ने बताउनुभएको छ ।

सोमबार नेपाल बार एशोसिएशनले बुझाएको ज्ञापन पत्र लिँदै प्रमुख सचेतक कर्णले प्रधानन्यायाधीश राणाले अदालत छोडेर जानुपर्ने बताउनुभएको हो । उहाँले अदालतमा बार सम्बद्ध कानून व्यवसायीमाथि भएको प्रहरी दमनप्रति आपत्ति समेत जनाउनुभयो । प्रमुख सचेतक कर्णले नेपालको इतिहासमै यो अद्भूत अकल्पनीय घटना भएको बताउनुभयो ।

प्रमुख सचेतक कर्णले सर्वोच्च अदालतमा न्यायाधीशहरूमाथि आक्रमण हुनु, बारले गरेका कार्यक्रममा प्रहरीको हस्तक्षेप हुनु दुर्भाग्य भएको बताउनुभयो । नेपाल बार एशोसिएशनका पदाधिकारीहरूले सोमबार लोसपासहित अन्य विभिन्न दलहरूलाई ज्ञापनपत्र बुझाएका छन् ।