खेलकुद

खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने महासंघको निस्कर्ष


काठमाडौँ – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने निस्कर्ष निकालेको छ । काठमाडौंमा दुई दिने खेल नीति सम्मेलन गर्दै महासंघले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने निस्कर्ष निकालेको हो ।

सम्मेलनमा महासंघका अध्यक्ष रमेश पौडेलले खेलको माध्यमबाट नेपाली खेलाडीहरुलाई गर्व गर्न सक्ने स्थिती सिर्जना गर्ने बताउनु भयो । अध्यक्ष पौडेलले नेपालको खेलकुदको स्तर बृद्धिमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।