राजनीति

न्यायपालिकाको समस्या समाधान गर्न सम्बद्ध सबै पक्ष गम्भिर हुनुपर्छ : सभामुख सापकोटा


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले न्यायपालिकामा देखिएको समस्याको सहज र स्वभाविक निकास निकाल्न सम्बद्ध सबै पक्ष गम्भिर हुनुपर्ने बताउनुभएको छ । सोमबार नेपाल बार एशोसिएसनको ध्यानाकर्षणपत्र बुझ्दै सभामुख सापकोटाले न्यायपालिका भित्र देखिएका समस्याको सहज र स्वभाविक निकास निकाल्नका लागि सम्बद्ध पक्ष गम्भिर हुनुपर्ने बताउनुभएको हो ।

उहाँले आफ्नो तर्फबाट निष्पक्ष, स्वतन्त्र र तटस्थ भूमिका निर्वाह गर्ने भन्दै उहाँले न्यायपालिकाको समस्या समाधान छिटोभन्दा छिटो निकाल्नुपर्नेमा जोड दिनुभयो । सभामुख सापकोटाले न्यायपालिकामा के कामले गर्दा समस्या गहिरिदै गएको हो भन्ने सम्बन्धमा आफूले चिन्तन गरीरहेको पनि उल्लेख गर्नुभयो ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख सचेतक गुरुङ र एमाले नेता सुवास नेम्वाङले न्यायालयको सुद्धिकरणको सम्बन्धमा पार्टीमा छलफल गर्ने आश्वासन दिनुभएको छ ।