राजनीति

पार्टीको दशौं महाधिवेशनबाट ओली नेतृत्वको केन्द्रिय कमिटी निर्माण गर्ने चाहना छ : बादल


काठमाडौँ – नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले आफूहरुले पार्टीको दशौं महाधिवेशनबाट केपी शर्मा ओली नेतृत्वको केन्द्रिय कमिटी निर्माण गर्न चाहेको बताउनु भएको छ । पार्टीको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीका संयोजक समेत रहनु भएका नेता बादलले आगामी निर्वाचनमा आफ्नै पार्टी नेतृत्वमा सरकार बनाउने गरी महाधिवेशनबाट ओली नेतृत्वमा सक्षम केन्द्रिय कमिटी निर्माण गरेर अघि बढने बताउनु भएको हो ।

पार्टी निकट नेपाल बुद्धिजीवि परिषद्ले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले परमादेशबाट बनेको सरकार र सत्तारुढ गठबन्धनलाई विस्थापित गरेर एमाले पुनः सत्तामा पुग्न पनि ओलीजस्तो समक्ष नेतृत्व पार्टीका लागि आवश्यक रहेको तर्क समेत गर्नु भयो । नेता बादलले एमालेको नेतृत्वमा मात्रै मुलुक समृद्ध हुने र नेपाली जनताले सुःख पाउने दावी समेत गर्नु भयो ।