राजनीति

पोखराको कांग्रेस क्षेत्रीय अधिवेशनमा आम निर्वाचनको झल्को


काठमाडौँ – कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा आम निर्वाचनकै झल्को देखिएको छ । सोमबार तीनवटै निर्वाचन क्षेत्रमा भएको निर्वाचनले आम निर्वाचनको झल्को दिएको हो । सडकदेखि तिनै मतदानस्थलसम्म कांग्रेसका उम्मेदवार र समथर्कहरुले उम्मेदवारको पम्प्लेट भिरेर मतदाता तथा शुभेच्छुकले भोट मागिरहेको दृश्यले आम निर्वाचनको झल्को दिइरहेको थियो । केही उम्मेदवारहरुले भने ठूला पम्प्लेट र पोस्टर बनाएर मतदानस्थल अगाडि प्रदर्शन गरिरहेका थिए ।

पार्टीभित्रको निर्वाचनको जस्तैगरी आमनिर्वाचन, स्थानिय र प्रदेश तहको निर्वाचनमा उत्साह देखिए कांग्रेसले कुनैपनि निर्वाचन नहार्ने कास्की कांग्रेसका नेता सोभियतबहादुर अधिकारी बताउनुहुन्छ । पार्टीमा देखिएको यस किसिमको आकर्षणले पार्टी अझ उन्नत र गतिशील बनाएर मुलुकलाई समुन्नतिको गन्तव्यमा लैजान महत्वपूर्ण भूमिका खेल्ने कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका भौतिक योजनामन्त्री कुमार खड्काले बताउनुभयो ।

कांंग्रेसमा देखिएको गुटगत प्रतिस्पर्धा र तामझाम महाधिवेशनपछि सकिन्छ कि यसको परिणाम आगामी तिनै तहको निर्वाचनमा पर्ने हो भन्ने सम्बन्धमा नेता, कार्यकर्ता चिन्तित बनेका छन् ।