देश

कैलालीको लम्कीमा चक्कु प्रहारबाट एक युवक घाइते


काठमाडौँ – कैलालीको लम्कीमा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा आइतबार राति विवाहको कार्यक्रममा चक्कु प्रहारबाट स्थानीय दिनेश नेपाली घाइते भएका हुन् ।

बिहेमा नाचगान गरिरहेका बेला उनको कोखामा एक समूहले चक्कु प्रहार गरेको आफन्तले बताएका छन् । घाइते नेपालीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको उनका दाजु रमेश नेपालीले जानकारी दिए । चक्कु प्रहारमा संलग्न भएको आरोपमा तीन जनालाई इलाका प्रहरी कार्यालय लम्कीले पक्राउ गरेको छ ।