राजनीति

एमाले स्थायी कमिटी बैठक सर्‍यो, भोलि बिहान ११ बजे बस्ने


काठमाडौँ – नेकपा (एमाले)को स्थायी कमिटीको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आजलाई बोलाइएको बैठक भोलि (मंगलबार) बिहान ११ बजेका लागि सारिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

यसअघि आज दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो । विविध कारणले आजको बैठक भोलिका लागि सारिएको तामाङले बताउनुभयो ।

आज बोलाइएको स्थायी कमिटी बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने कार्यतालिका थियो । यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन हुँदैछ ।