देश

बेटी पढाऊ बेटी बचाऊ अभियान देशभर लैजानुपर्छ : राष्ट्रपति भण्डारी


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताउनुभएको छ । महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताउनुभएको हो ।

जनकपुरधाम, मटिहानीलगायत क्षेत्र धार्मिक महत्त्व रहेको र यस क्षेत्रमै महिला हिंसा हुनु दुखद् रहेको उहाँले बताउनुभयो ।