कोरोना विशेष

१८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु


काठमाडौँ – १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । यसअघि विभिन्न उमेर समूह र जोखिममा रहेकालाईमात्र खोप लगाइएको थियो । अब १८ वर्षमाथिका सबैलाई नियमित खोप लगाइने भएको हो । खोपको आयात पर्याप्त भएकाले सबैलाई नियमित खोप लगाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै आगामी चैत मशान्तसम्म सबै लक्षित समूहलाई खोप लगाइसक्ने लक्ष्यअनुसार १८ वर्षमाथिका सबैलाई नियमित खोप लगाउन सुरु गरिएको जनाएको छ ।

काठमाडौँमा नियमित खोपका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, नक्सालस्थित नेपाल प्रहरी अस्पताल, कलङ्कीस्थित शहीद मेमोरियल अस्पताल, बल्खुस्थित बयोधा अस्पताल, गोगंबुस्थित नयाँ बसपार्कस्थित लोत्से भवन र जडीबुडीको जडीबुडी प्रशोधन केन्द्रमा नियमित खोप प्रदान गरिने भएको छ । यस्तै देशका अन्य जिल्लाहरुमा नजिकको स्वास्थ्य संस्था तथा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले सूचना जारी गरेको छ ।