काठमाडौँ – आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले हङकङविरुद्ध ६ विकेटको पराजय भोगेको छ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य हङकङले १८ ओभरमा पुरा गर्यो । नेपालले दोस्रो खेल भुटानविरुद्ध मंगलबार खेल्नेछ ।
त्यसैगरी तेस्रो खेल बिहिबार कुवेतविरुद्ध, चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आइतबार युएईविरुद्ध खेल्ने तय भएको छ । छनोटमा ६ टिम सहभागी छन् र विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।
प्रतिक्रिया