राजनीति

उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको तयारी


काठमाडौँ – नेकपा एमालेको आगामी मंसिर १०–१२ मा हुने महाधिवेशनका लागि वर्तमान उपमहासचिव घनश्याम भुसालले पार्टी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । भुसालले चितवनमा हुने एमालेका १० औं महाधिवेशनका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन् ।

भुसाल निकट नेताहरूले उनलाई जोगिएर उम्मेदवारी दिन सुझाव दिएसँगै उनले उपाध्यक्षका लागि उम्मेदवारी दिएको भुसाल निकट नेताले बताए । ‘अहिलेको महाधिवेशनमा जोगिएर उम्मेदवारी दिनुस् भनेका छौं। त्यसका लागि उपयुक्त उपाध्यक्ष नै हुन्छ भनेका छौं’, भुसाल निकट एक नेताले भने, ‘उम्मेदवारी दिने तयारीमा त हुनुहुन्छ। तर, कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा निर्णय गरिसक्नु भएको छैन।’

भुसालनिकट तल्लो तहका नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसँग भिडेर जाने भन्दापनि सहमतिमा उपाध्यक्ष पदमा बस्दा सुरक्षित हुने सुझाव दिएका छन्।