काठमाडौँ – आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज हङकङको सामना गर्दैछ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाल र हङकङबीचको खेल हुने छ ।
नेपाल आज पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । तर, हङकङविरुद्ध नेपाललाई जित्न सहज नभएको जानकार बताउँछन् । पछिल्लो पटक नेपालले २०१९ मा हङकङसँग प्रतिस्पर्धा गरेको थियो । विश्वकप छनोट अन्तर्गत नै बैंककमा भएको खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो । छनोटमा ६ टोली सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।
छनोट खेलमा नेपालले दोस्रो खेल भुटानविरुद्ध मंगलबार खेल्ने छ भने तेस्रो खेलमा कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ । यस्तै, नेपालले चौथो खेलमा मलेसियासँग शुक्रबार र पाँचौ खेलमा आइतबार युएईविरुद्ध खेल्ने छ ।
प्रतिक्रिया