राजनीति

एमाले प्रतिक्रान्तिकारी रहेको दाबी प्रचण्डको दावी


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले प्रतिक्रान्तिकारी रहेको दाबी गर्नुभएको छ । चितवनको टाँडीमा सोमबार आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेर प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र गरेको बताउनुभएको हो ।

प्रचण्डले जनताको बलमा नै प्रतिनिधिसभा पुनःस्थापना भएको दाबी पनि गर्नुभयो । सुस्ताएको माओवादी फेरि जागेको भन्दै प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादीको वरिपरि नै रहेको दाबी गर्नुभयो । माओवादी संगठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको प्रचण्डको भनाइ छ ।