देश

राप्रपाको महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आज सुरु हुँदैछ। मंसिर १५ देखि १७ गतेसम्म हुने केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधिको निर्वाचन हुन लागेको हो।

देशका ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रबाट २ हजार ९७० प्रतिनिधि छनोटका लागि आज, भोलि र पर्सि महाधिवेशन प्रतिनिधिको निर्वाचन हुने तालिका रहेको राप्रपाका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए। राप्रपाले प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनोट गर्नेछ।

जसअनुसार ३ खस आर्य (अन्य), ३ महिला, १ जनजाति, १ दलित, १ अल्पसंख्यक, मुस्लिम, थारु लगायत गरि नौ जना निर्वाचित हुनेछन् । यसअघि भएका गाउँपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्षहरू पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको पनि श्रेष्ठले बताए।