राजनीति

पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि चयनबारे निर्णय गर्न एमालेको बैठक बस्दै


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठानमा बैठक बोलाइएको छ ।महाधिवेशनको तयारी र पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि चयनका लागि बैठक बस्न लागेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
एमालेको महाधिवेशनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ । स्थायी कमिटीले विभिन्न क्षेत्रबाट छुटेका व्यक्तिहरुको मनोनयनको निर्णय गर्दै अनुमोदनका लागि केन्द्रीय कमिटीमा सूची पेश गर्नेछ । करीव एक सय जना प्रतिनिधि मनोनयन हुने एमालेले जनाएको छ ।