राजनीति

देशभत्तिको झण्डालाई निष्ठाका साथ फहराउन अध्यक्षमा उम्मेद्वारी दिए : भीम रावल


नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले यही १० देखि १२ गतेसम्म हुने १०औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अध्यक्ष पदमा उम्मेद्वारी दिएको उहाँको भनाइ छ । रावलले पार्टीमा १० बुँदे सहमति आफूले सोचेअनुसार कार्यान्वयन नभएको समेत गुनासोसमेत गर्नुभयो । पार्टीले थप क्षति व्यहोर्नु नपरोस् भन्ने भावनाका साथ मतभेद, द्वन्द्व र कटुताका सबै अवरोधहरूलाई बेवास्ता गर्दै पार्टी एकताको पक्षमा र विभाजन तथा फुटको विपक्षमा उभिएको उनको भनाइ थियो ।