राजनीति

एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको तयारी


काठमाडौँ – नेकपा एमालेको आगामी मंसिर १०–१२ मा हुने महाधिवेशनका लागि वर्तमान उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको हो ।

चितवनमा महाधिवेशनमा उपाध्यक्ष रावलले टीम बनाएरै चुनाव लड्ने गरी तयारी थालेको छ । उनको उम्मेदवारीसँगै केपी ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लाग्ने देखिएको छ ।