राजनीति

कानून व्यवसायीद्वारा गृहमन्त्रीको राजीनामा माग


काठमाडौँ – आन्दोलनरत कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गर्दै नारावाजी गरेका छन् । आईतबार नेपाल बार एशोसिएनका उपाध्यक्ष ईश्वरी भट्टराई गृहमन्त्री राजीनामा देऊ भन्दै नारावाजी गरेकी हुन् ।

सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र आफूहरूको शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरी प्रहरी परिचालन गरेको भन्दै उनीहरूले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् । २ मंसिरको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका थिए ।

यसअघि सर्वोच्च परिसरमा प्रदर्शन गरेर नेपाल बार एशोसिएसनको परिसरमा कोणसभा गर्दै आएका कानून व्यवसायीले आइतबार भने सर्वोच्च प्राङ्गणमै कोणसभा गरेका छन् ।