राजनीति

विप्लव र नारायणकाजीबीच भेटवार्ता


काठमाडौँ – नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । उनीहरूबीच आइतबार बिहान भेटवार्ता भएको हो ।

भेटमा नेपालको समसामयिक राजनीतिक विषयमा छलफल भएको विप्लवको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रसँग विप्लव समूहबीचको एकताको चर्चा चलिरहँदा शीर्ष नेताले भेटवार्तालाई तीब्र पारेको छ । यसअघि विप्लवले शनिबार पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।