राजनीति

विस्तृत शान्ति सम्झौताको १५ वर्ष पूरा, महत्वपूर्ण कामहरू अझै पूरा भएनन्


काठमाडौँ – दशक लामो सशस्त्र विद्रोह अन्त्य गर्ने गरी ऐतिहासिक शान्ति सम्झौता भएको १५ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राज्य र विद्रोहीपक्षबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो ।
सात दलको तर्फबाट तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोहीको तर्फबाट माओवादी अध्यक्ष प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । शान्ति प्रक्रियाका कतिपय महत्वपूर्ण कामहरू अझै पूरा भएका छैनन् । सरकारले द्वन्द्वकालीन घटनालाई सम्बोधन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग गठन गरे पनि काम प्रभावकारी हुन सकेको छैन् ।