राजनीति

गठबन्धन दल कांग्रेसको औंला नसमाती हिड्न नसक्ने : ओली


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ केही दलहरु कांग्रेसको औंला नसमाती हिड्नै नसक्ने आरोप लगाउनु भएको छ । अध्यक्ष ओलीले एमालेले भने कसैले बैशाखी नटेक्ने र आगामी निर्वाचनमा विजय हासिल गर्ने दावी समेत गर्नुभयो ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले काँग्रेसको औंला समातेर हिँडन पल्केकाहरुलाई कांग्रेसले कहिलेसम्म औंला दिने हो भन्ने थाहा नभएको पनि बताउनु भयो । अध्यक्ष ओलीले नेकपा एमाले फोहोरविनाको स्वच्छ भएको दावी गर्दै पार्टीभित्र एकमना एकताका साथ अघि बढने दृढता व्यक्त गर्नु भयो ।

अध्यक्ष ओलीले ‘इतिहास झल्कने, आधुनिकता टल्कने’ गरी सम्पदाहरुको पुनर्निर्माणमा आफूहरुले जोड दिएको स्मरण गराउनु भयो ।