राजनीति

एमसीसी पास गर्न देउवा–प्रचण्डमाथि ठाडो अमेरिकी दबाब, संसदमा मतदान गर्ने तयारी, पास होला ? (भिडियोसहित)


काठमाडौँ — एमसीसी सम्झौताबारे सत्तागठबन्धन एकमत नभएका बेला अमेरिकाले एकपछि अर्काे दबाब दिन थालेको छ । गत भदौमा एमसीसी उपाध्यक्ष फातिमा सुमारको दौडधुपपछि सहायक विदेशमन्त्री डोनाल्ड लू दुईदिने उच्चस्तरिय भेटघाट सकेरस्वदेश फर्किएका छन् ।

एमसीसी अनुमोदन गर्न आफुहरु तयार रहेको भन्दै केहीदिन अघिमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफुले अमेरिकालाई वाचा गरि पत्र पठाएको सार्वजनिक गरे ।तर देउवाको अभिव्यक्ति लगत्तै प्रचण्डले वाचा नगरेको भन्दै देउवाले झुट बोलेको दाबी गरे ।देउवा र प्रचण्ड मध्ये कसले झुट बोल्यो वास्तविकता भने रहस्यमै छ ।तथापी देउवा र प्रचण्डबीच फरकफरक अभिव्यक्ति आउनु नै एमसीसी सम्झौतामाथि सत्तागठबन्धन एकमत नहुनु हो । तर अमेरिका दबाबमाथि दबाब दिएर सम्झौता अनुमोदनको तयारीमा छ ।दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू बिहिबार नेपाल आईपुगे । बिहिबार बेलुका नै प्रधानमन्त्री देउवालाई भेटेका उनले शुक्रबार दाहाललाई भटे ।यथास्थितिमा एमसीसी पास गर्न नसकिने अडान लिदै आएका प्रचण्डलाई विदेशमन्त्री लूलेएमसीसी के गर्नुहुन्छ भन्दै मंसिर २८ सम्मको अल्टिमेटम दिएका छन् ।

एमसीसी फर्काउने नहुने पक्षमा आफु रहेपनि केही कागजात फेरबदल भएको भन्दै समयसीमाभित्र टुङगोमा पुग्ने जवाफ प्रचण्डले दिएका छन् । प्रचण्डलाई भन्दा अगाडी नै लूले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । भेटमा एमसीसी के गर्नुहुन्छ भन्ने प्रश्न लुको थियो ?

सरकारमा रहेका बेला पटकपटक एमसीसी अनुमोदनको प्रयास गरेपनि संसद्मा सभामुखको उचित सहयोग नपाएका ओलीले सरकारबाट बाहिरीएपछि एमसीसीको जिम्मा सत्ता गठबन्धनलाई दिएर मौन छन् ।लूसंगको भेटमा पनि ओलीले सत्तागठबन्धनले आफुसंग कुनै छलफल नगरेको र संसद्मा प्रक्रिया अघि बढाएपछिमात्रै बोल्ने जवाफ दिएका छन् । यसअघि उस्तै जवाफ एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई समेत दिएका थिए ।गत भदौ २४ गते नेपाल आएकी सुमारले समेत चारदिने नेपाल बसाईका क्रममा उच्चस्तरिय राजनीतिक नेतृत्वलाई भेटेर एमसीसीबारे ठोस धारणा माग गरेकी थिईन ।

संसद्मा प्रतिनिधित्व गर्ने अधिकांश दलले पारित गर्ने संकेत गरेपछि उनी फर्किइन । त्यसको दुईमहिना नवित्दै अमेरिकाबाट पुनः उच्चस्तरिय टोली नेपाल आएर शनिबार फर्किएको छ । तर एमसीसी लिने कि फर्काउने दलहरु एकमत भएका छैनन् । नेपाली काँग्रेस अनुमोदनको पक्षमा रहेपनि माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी हुबहु पास गर्ने पक्षमा छैनन् ।यसैकारण प्रचण्डले संसद्मा मतदान गराउने तयारी गरेका छन् । तर त्यो भन्दा अघि नै गठबन्धनले छलफल गरेर एमसीसीबारे निष्कर्षमा पुग्ने तयारी गरेको छ ।