राजनीति

सोलुबाट महाधिवेशन प्रतिनिधिको लाग्यो टुङ्गो, आङकाजी शेर्पा भारी मतले विजयी


काठमाडौँ — सोलखुम्बुबाट नेपाली कांग्रेसको १४ औँ महाधिबेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो लागेको छ । पुर्व मन्त्री तथा कांग्रेस केन्दीय सदस्य बल बहादुर केसी र पुर्व पार्टी सभापति आङगेलु शेर्पा पक्षधर नेता प्यानलै बनाएर निर्वाचनमा होमिएका थिए ।

शनिबार साँझ सम्पन्न मतगणनाबाट मिश्रित नतिजा आएको छ । दुवै पक्षका नेता महाधिबेशन प्रतिनिधिमा छनौट भएका छन् । खुला १० प्रतिनिधिका लागि भएको निर्वाचनबाट आङगेलु शेर्पा, आङछिरिङ शेर्पा, कुशराज राई, खिलराज बस्नेत, नविन थापा, नातिकाजी गुरुङ, प्रकाशसिंह कार्की, भोजराज कार्की, मनोज खड्का र मंगलसिंह तामाङ निर्वाचित बनेका छन् ।

आदिवासी जनजाती प्रतिनिधितर्फ खुलामा आङकाजी शेर्पाले सर्वाधिक मत पाए । शेर्पाले ८८२ मा ५५४ मत पाएका थिए । खुलामै जीवन गुरुङ, ढल बहादुर मगर र महेन्द्रदीप राई पनि निर्वाचित भएका छन् ।

प्रत्यक्ष महिला तर्फ एका कुमारी बस्नेत, गीता गुरुङ, छिण्डील्हमू शेर्पा र रिना उप्रेती निर्वाचित बनेका छन् । खस आर्य तर्फ प्रभुराम बस्नेत निर्वाचित हुदा खस आर्य महिलामा निर्वाचन लडेका टंकीमाया बस्नेत र पुजा फूयालको मत बराबरी आएपछि पुनः मतगणनाको माग गर्दै टंकीमायाले रिट निवेदन दर्ता गराएकी छिन् ।

आदिवासी जनजाती महिला तर्फ गान्धीमाया तामाङ, फुर्किमा शेर्पा र विमला गुरुङ निर्वाचित भएका छन् । दलित प्रतिनिधिमा धर्म बहादुर दर्जीले निर्वाचन जितेका छन् भने मधेसी, थारू, अल्पसंख्यक तर्फ अशोक कुमार झा, अपांग तर्फ लोकेन्द्र बहादुर जंग बस्नेत निर्वाचित भएका छन् ।