काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको ४ हजार १४५ पीसीआर परीक्षणमा २०९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ७८७ पुगेको छ ।
यस्तै २ हजार ९९१ एन्टिजेन परीक्षणमा ३३ जनामा पोजिटिभ देखिएको छ । मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ७ हजार १३६ परीक्षणमा २४२ मा कोरोना पुष्टि भएको छ ।
२४ घण्टाको अवधिमा ४४४ जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९९ हजार ९८९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
२४ घण्टामा १ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४९५ पुगेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा १ लाख ३ हजार २०९ जनाले खोप लगाएसँगै नेपालमा पूर्ण खोप प्राप्त गर्नेको संख्या ७८ लाख ७६ हजार ७०३ रहेको छ ।
प्रतिक्रिया